मन्त्रालयले भन्यो : कोरोनाबाट नेपालमा शनिवार एकैपटक तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८ पुगेको हो ।

आज मृत्यु भएकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वर्ष ६० पुरुष, त्यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का वर्ष ५४ का पुरुष र अर्का एक जना सिन्धुपाल्चोका एक पुरुष रहेका छन् ।

केएमसी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनुसार केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको र असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
मृतक मिर्गौलाको बिरामी हुनका साथै श्वासप्रश्वासको समस्या समेत रहेको उनले बताएका छन् ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भएको सन्तोष चालिसेले बताए । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

आज विहान नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी नगरपालिका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनी असार १ गते क्षयारोग उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनमा असार २२ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । उपचारको क्रममा उनको असार २५ गते मृत्यु भएको हो ।

त्यस्तै अर्का काठमाडौंका एक पुरुषको पनि निधन भएको छ । काठमाडौं महानगरपालिका वडा नं १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको असार २६ गते मृत्यु भएको हो । उनको फोक्सोमा पानी जमेको र मिर्गौला रोगको उपचारका लागि असार १६ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको असार १७ गते कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?