कोरोनाबारे नयाँ शोध : सामान्य लक्षणका बिरामीमा पुर्याउँछ गम्भीर असर !

काठमाडौं । कोरोना भाइरसको कहर सारा विश्वमा नै छ । संक्रमणको रफ्तार लगातार बढीरहेको छ । विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र लागि परे पनि पूर्ण सफता भने हात पार्न सकेका छैनन् ।

यसैबीच कोरोनाको बारेमा भएको एक नयाँ शोधमा सामान्य लक्षणका बिरामीहरुमा पनि कोरोनाले गम्भीर असर पुर्याउने कुरा पत्ता लागेको छ ।

ब्रिटिश न्यूरोलोजिस्टले एक शोधबाट सामान्य लक्षणका बिरामीमा गम्भीर असर पुर्याउने कुरा दाबी गरेका छन् ।

उनले सार्स कोभिड २ सामान्य लक्षण रहेका र ठीक भएका बिरामीहरुको दिमागमा गम्भीर असर पुर्याउने र ड्यामेज समेत गर्न सक्ने बताएका छन् । यस प्रकारको ड्यामेज धेरै समयपछि पत्ता लाग्न सक्ने वा कहिल्यै लाग्न नसक्ने उनले बताएका हुन् ।

सेन्ट्रल नर्भस सिस्टमलाई नोक्शान पुर्याउँछ

यूनिधर्सिटी अफ लण्डनमा न्यूरोलोजिस्ट्सले ४० बेलायती संक्रमितमा एक्यूट डीमायलिनेटिंग एन्सफ्यालोमायलिटिसको पहिचान गरेका छन् । यो रोग स्पाइनल कोर्ड र दिमागको नसाको माइलिन शीथ्सलाई प्रभावित गर्दछ र सेन्ट्रल नर्भस सिस्टमलाई नोक्शान पुर्याउँछ ।

यसरी गर्छ प्रभावित

परीक्षण गरिएका संक्रमितमध्ये १२ सेन्ट्रल नर्भस सिस्टममा इन्फ्लेमेशन, १० डिलिरियम वा साइकोसिसको साथै ट्रान्जिएन्ट एन्सीफ्यालोप्याथी (दिमाग रोगी), ८ स्ट्रोस र ८ प्यारिफ्यारेल नभ्र्सको समस्याबाट पीडित थिए ।

धेरैजसो गिलियन बार सिन्ड्रोमको शिकार थिए । यो एक किसिमको इम्युन रिएक्शन हो, जसले नभ्र्सलाई प्रभावित गर्दछ । ५ प्रतिशत केसमा यो घातक हुन्छ ।

सामान्य लक्षण्मा पनि देखिन्छ असर

स्टडीका प्रमुख र यूसीएल अस्पतालमा कन्स्लटेन्टडाक्टर माइकल ज्यान्डीले भने, वैज्ञानिकहरुले यो भन्दा पहिला यस्तो भाइरस नदेखेको र जसले दिमागमा दिमागमा यसरी हमला गरिरहेको छ, जस्तै कोभिड १९ ले गर्दछ ।

स्मरणशक्तिको समस्यासँग लड्दैछन् बिरामी

वैज्ञानिकका अनुसार कोरोना संक्रमितको लागि लामो समयसम्मका लागि समस्याको कारण बन्न सक्दछ ।

केहि बिरामी ठिक भएपछि श्वासप्रश्वासको समस्इामा पर्दछन् । साथै थकाईले हैरान बनाउँछ । त्यस्तै शोधका अनुसार ठिक भएका रोगी सुन्न, कमजोरी हुने र स्मरण शक्तिका कारण समस्यामा पर्छन् ।

केहि रोगी हुन्छन् ठिक

डाक्टर माइकलका अनुसार बायोलोजिकल (एडिइएम) मा मल्टिपस स्क्लेरोसिसको केहि समानता रहेका छन् । तर यो धेरै घातक हुन्छ । र विशेष गरेर एकपटक मात्र हुन्छ । केहि बिरामी लामो समयसम्म समस्या पर्छन् भने कोहि ठिक हुन्छन् ।

यी समस्यासँग लडिरहेका बिरामीले लिनुपर्छ न्यूरोलोजिस्टसँग सल्लाह

कहिले काँही न्यूरोलोजिकल ड्यामेज र लेट इफेक्ट्सको बारेमा थाहा हुन सक्दैन, वा ओभरलोडका कारण थाहा पाउन धेरै समय लाग्दछ ।

डाक्टर माइकलले एक बयानमा भने, ‘हामी कारोना भाइरसको कम्प्लिकेशन्सलाई लिएर सारा विश्वमा फिजिसियन्सको ध्यान केन्द्रित गर्न चाहान्न्छौँ । फिजिशियन्स र स्टाफलाई स्मरणशक्तिको समस्या, थकाई, शुन्य लाग्नु र कमजोरीसँग लड्ने रोगीलाई लिएर न्यूरोलोजिस्टसँग सल्लाह लिन आग्रह गर्दछौँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?