Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

अरुको खाताबाट रकम निकाल्ने पक्राउ

लोकपथ संवाददाता २१ असार २०७७, आइतबार १९:१४
अरुको खाताबाट रकम निकाल्ने पक्राउ
शेयर गर्नुहोस् Facebook

काठमाडौं । कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका प्रतिवादी धादिङ रुबिभ्याली गाउँपालिका २ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर ललितपुर महानगरपालिका ४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

यसअघि २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट अनुसन्धानको क्रममा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।