काठमाडौं । रसुवामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्लामा कोरोना संक्रमण देखिएसँगै नेपालको ७७ वटै जिल्लामा कोरोना फैलिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका ५५४ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । कुल संक्रमितमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।
बितेको २४ घण्टामा थप १३६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
उनीहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ हजार ८ सय ३४ जना पुगेका छन् ।
यसैबीच आज थप एकजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
यो पनि पढ्नुहोस् : नेकपाका नेताहरुले झुण्ड्याएको ‘कोरोना रिमुभिङ कार्ड’ बारे बोल्यो स्वास्थ्य मन्त्रालय( ‘मुटु, कलेजोमा गम्भिर असर गर्छ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया