काठमाडौं – पाल्पामा पहिरोले पुरेर मृत्यु हुने तिनै जनाको सनाखत भएको छ । सोमबार तानसेन नगरपालिका–११, बन्दीपोखराको सम्मोबारीमा गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको सनाखत भएको हो ।
पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
तानसेन–गुल्मी सडकखण्डको तानसेनदेखि ६ किलोमिटर पश्चिम सम्मोबारीमा खसेको पहिरोमा पुरिएर पानी बोक्ने ट्याङ्करमा रहेकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरो करिव दुई सय मिटर तल खसेको छ ।
झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएको छ । लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो । सामानले भरिएको ट्रक भीरमै अड्किएको थियो । एउटा पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको र जीप सडक छेउमा रहेको छ ।
त्यस्तै सोमबार बिहानदेखि अवरुद्ध बनेको पाल्पा–गुल्मी सडकखण्ड एकतर्फि सुचारु गरिएको छ ।
पहिरोका कारण पृथ्वी राजमार्ग पनि अबरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया