चीनले भारतलाई दियो चेतावनी, ‘कुनै गलत कदम नउठाओस्’

काठमाडौं । पूर्वी लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाहरुको बीचमा भएको झडपले तनाव झनै बढ्न थालेको छ ।

सोमवार राती भएको झडपमा पाँच चिनियाँ सैनिक सहित २० भारतीय सैनिकको मृत्यु भएको बताइएको छ ।

साथै ४३ जना चिनियाँ सैनिक घाईते भएका छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारत र चीनको सीमामा सन् १९७५ पछि पहिलो पटक यति ठूलो हिंसा भएको हो ।

साथै ग्लोबल टाइम्सको समाचारमा भारतलाई चीनले अमेरिकाको भनाइमा उश्रृंखल भएर कुनै गल्ती नगर्न चेतावनी दिएको बताएको छ ।

समाचारमा ग्लोबल टाइम्सले भारतले सीमावर्ती क्षेत्रमा निर्माण कार्य जारीराखेकोले यस्तो भएको बताएको छ ।

समाचारमा अमेरिकाले इण्डो प्यासिफक नीतिका लागि भारतको प्रयोग गरिरहेको पनि बताएको छ ।

समाचारमा यो पनि उल्लेख गरिएको छ कि, चीन भारतसँग कहिल्यै युद्ध नचाहने पनि बताएको छ ।

चीन र भारतबीचको विवाद संवादबाट सुल्झाउन सकिने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?