कोरोनाबाट मृतक व्यक्तिको शव हप्ता दिनपछि घरमा सडेको अवस्थामा भेटियो

काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढीरहेको छ ।

नेपालमा पनि कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ जनाको मृत्यु भईसकेको छ । साथै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।

यसैबीच अमेरिका र बेलायत कोरोना महामारीबाट अति प्रभावित भएका छन् । यस बीचमा बेलायतबाट एक हैरान बनाइदिने घटना सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लण्डनमा एक वृद्ध व्यक्तिको कोरोना भाइरसको कारण घरमै मृत्यु भईरहेको अवस्थामा शव भेटिएको छ । यो सूचना उनको मृत्यु भएको दुई देखि तीन हप्ता पछि मात्र जानकारी मिलेको थियो । दुई हप्ता पछि छिमेकी हेर्न जाँदा उनको शव घरमा सडेको अवस्थामा भेटिएको थियो ।

यो सम्बन्धमा लण्डनको रोयल कलेज अफ प्याथोलोजिस्टको मृत्यु जाँच समितिका अध्इक्ष डाक्टर माइक ओसबर्नले हैरान बनाउने खुलासा गरेका छन् ।

उनले भने, मृत्यु भएका ति व्यक्तिले सामान्य फ्लू भन्दै सामान्य ठानेकोले उनको मृत्यु भएको बताएका छन् ।

उनले भने, मैले यस किसिमको धेरै मामिला देखेको छु, जहाँ शव पुरा सडेको देखेको छु । जब उक्त मृतक व्यक्तिको शव पोस्टमार्टम भयो तब उनमा कोरोना लागेको पत्ता लागेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?