८ मिनेट ४६ सेकेण्डसम्म जीवनको भीख मागेको त्यो स्वर, कसैले गरेनन् बचाउने आँट

काठमाडौं । जर्ज फ्लोयडको मृत्युको घटनालाई लिएर अहिले कोरोनासँगको लडाईमा उत्रिएको अमेरिकामा हिंश्रक प्रदर्शन भईरहेको छ ।

त्यहाँ प्रदर्शनकारीहरुले जुन पुलिस अधिकारीले ४६ वर्षीय अश्वेत जर्जको हत्या गर्नेलाई उसलाई कडा भन्दा कडा सजयको माग गरेका छन् ।

यस घटनालाई लिएर केहि अन्य तथ्य पनि साम्ने आएका छन् । क्रुरतालाई रोक्नको लागि त्यहाँका केहि मानिसहरुले गुहार मागेका थिए ।

अहिले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक पुलिस अधिकारीले अश्वेत जर्ज फ्लोयडलाई घुँडाले घाँटीमा थिचेर हत्या गरेको देखिन्छ ।

त्यो दृश्य देखेपछि केहि स्थानीयहरु घटना रोक्न त्यहाँ गएका पनि थिए । तर पुलिस अधिकारीले कसैको स्वर सुन्न चाहेनन् र लगातार ८ मिनेट सम्म लगाएर उनको शब्द र अन्तिम श्वास त्यहिँ दबाईदिए ।

२५ मेको दिन मिनियापोलिसका पुलिस अधिकारीले जर्ज फ्लोयडलाई नक्कली २० डलरको बिलका साथै सिगरेट किनेको आरोप लगाएर गिरफ्तार गरेका थिए ।

यो घटना १७ मिनेटको थियो, जब घटनास्थलमा एक एम्बुलेन्स देखिएको थियो । त्यो बेलासम्म फ्लोयड बेहोश भएका थिए । उनी बाच्ने कुनै संकेत थिएन ।

त्यसबेला मानिसहरुले मोवाइलबाट भिडियो बनाए । केहि भिडियोमा पुलिस अधिकारीले यस्तो गरेको स्पष्ट देखिएको छ । तर यो मिनियापोलिस पुलिस विभागको नीति भन्दा बिल्कुलै फरक रहेको छ ।

उनले नीतिको उल्लंघन गर्दै फ्लोयडको घाँटी थिचिरहे । त्यो बेला फ्लोयडले पुलिस अधिकारीसँग आफ्नो जीवनको भीख मागीरहेका थिए । तर पुलिस अधिकारीको रिस मरेन र उनको त्यो शब्दसँगै श्वास पनि त्यहिँ विलुप्त बनाइदिए ।

त्यसबेला घटनामा संलग्न रहेको पाइएपछि पुलिसका तीन अधिकारी, थोमस लेन, अलेक्जेन्डर कुएंग र तू थाउ रहेका र उनीहरु घटना हेरेर बसीरहे ।

तू थाउसँग त एक महिला कुरा गरेको पनि देखिएको छ । उनी पुलिस अधिकारीसँग भन्दै थिइन्, उ मर्न लागिसक्यो छोडिदिनूस् । तर उनको आग्रह पुलिस अधिकारीले मानेनन् र फ्लोयडको घाँटी घुँडाले थिचीरहे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?