पर्सा र सिरहामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २ जना तथा सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण माविको क्वारेन्टाइनका एकजना ६० वर्षिय महिला र १८ वर्षिय युवक नारायणी अस्पतालमा गरिएको परीक्षणका क्रममा पिसिआर रिपोर्टमा आज कोरोना पुष्टि भएको हो ।

त्यस्तै सिरहामा कोरोना पुष्टि हुनेमा लहान नगरपालिकाका ८ जना धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेको बताएको छ। नयाँ कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्षीय समुहका पुरुषहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवले जानकारी दिए ।

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

यसअघि प्रकाशित यी समाचार हेर्नुहोस् : 

रुकुम पश्चिम घटना पोस्टमार्टम रिपोर्टले घटना थप रहस्यमय

आईसीयूमा रहेकी युवतीमाथि सामुहीक बलात्कार

विदेशबाट १० दिनभित्रै २५ हजार नेपाली ल्याइने

दैलेखमा क्वारेन्टाईनमा बसेका एक युवाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

विदेशबाट फर्कने नेपालीको व्यवस्थापन सहज रुपमा गरिन्छ

स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा 

सङ्क्रमितको पुनः कोरोना परीक्षण गरिँदै 

सफल जीवनको लागि : यसो गरे कसो होला ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?