काठमाडौं । आइतवार नेपालमा थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको उपचारपछि १७ जना निको भएर घर फर्किएका हुन् ।
आइतवार नारायणी अस्पतालमा उपचार गराइरहेका बारा पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय ७ पुरुष निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बुटवलको धागो कारखानामा रहेका १० पुरुष जना पिसिआर बिधिबाट परीक्षणमा नेगेटीभ आएपछि उनीहरुलाइ डिस्र्चाज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने उपचारपछि ८७ जना घर फर्किएका छन् ।
यो पनि पढ्नुहोस् : नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया