पाकिस्तान विमान दुर्घटना अपडेट : आकाशबाट बल्दै झरेको थियो विमान (भिडियोमा हेर्नुहोस् )

काठमाडौं – पाकिस्तानको कराँचीमा केहिबेरअगाडी विमान दुर्घटना भएको छ।

घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।

त्यहाँको उड्डयन प्राधिकरणले जानकारी दिएअनुसार विमानमा ९९ जना र ८ जना क्रू मेम्बर रहेका थिए ।

Image

आन्तिरक उडान गरिरहेको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको A320 कलसाईनको उक्त विमान यात्रु बोकेर लाहौरबाट उडेको त्यहाँका सञ्चारमाध्यमलाई उदृद गर्दै बिबिसीले जनाएको छ ।

विमान उडेको केहिबेरमा दुर्घटना भएको थियोे ।

विमान आकाशबाट बल्दै धुँवाको मुस्लोसहित कराचीको आवसीय क्षेत्रमा दुर्घटना भएको थियो ।Pakistan International Airlines PIA Plane Crashes Near Karachi ...

विमान दुर्घटनामा कति हताहति भयो भन्ने बारे खुलेको छैन । बाँचेकाहरूको बारे अहिलेसम्म कुनै पनि जानकारी उपलब्ध गराइएको छैन।

पीआईएका प्रवक्ता अब्दुल्लाह हफीजले उक्त दुर्घटनाको पुष्टि गरेका त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।

विमान पाकिस्तानी शहर कराचीको नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको त्यहाँको सञ्चारमाध्यम डि डब्लयू डटकमले जनाएको छ । उडेको केहि बेरमा नै आकाशमा धुँवाको मूस्लोसहित विमान खसेको त्यहाँका मिडियाले फूटेज देखाएका छन् ।Plumes of smoke can be seen rising form the site of the crash. — DawnNewsTV

सो दुर्घटनाका फूटेजहरु अहिले सामाजिक सञ्जालमा आइरहेका छन् ।

 

‘विमान दुर्घटना भएको हो । उहिले उद्धार भइरहेको छ ।’ पाकिस्तानको उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल सत्तार खोखरले यात्रुहरूको संख्या पुष्टि गर्न कोशिस गरिरहेको प्रतिक्रिया दिएका छन् । Plumes of smoke can be seen rising form the site of the crash in Karachi. — DawnNewsTV
व्यवसायिक उडानको अनुमति मिलेको केहि दिनमा नै यो दुर्घटना भएको हो ।

ट्वीटरमा दुर्घटनाका स स ना फूटेज र भिडियो क्लिप्सहरु राखिएको छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?