गृहमन्त्री सुधन गुरुङले अमलेट खाँदा माछाको काँडा भेटिएपछि…

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सहित सबै मन्त्रीहरु चितवनमा रहेका छ्न् ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा भाग लिन गृहमन्त्री गुरुङ समेत चितवनमै छन् । गृहमन्त्री गुरुङ चितवनको लड्स प्लाजा होटलमा बसिरहेका छन् ।

मंगलबार बिहान होटलमा ब्रेकफास्ट लिँदा अमलेटमा माछाको काँडा भेटिएको छ ।

माछाको काँडा भेटिएपछि गृहमन्त्री गुरुङको ठाडो निर्देशनमा होटलका अमलेट बनाउने कर्मचारीलाई प्रहरीले नियन्त्रण गरेको विषय बाहिरिएको थियो । तर गृहमन्त्री गुरुङको सचिवालयले भने त्यसको खण्डन गरेको छ ।

गृहमन्त्री गुरुङको सचिवालयको दाबी अनुसार खाद्य विभागले होटलका सञ्चालक टिमसँग छलफल गरेको तर कुनै कर्मचारीलाई पक्राउ गरिएको छैन ।

‘चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनैपनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराउछौँ,’ गृहमन्त्री गुरुङको सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?