कतारको ग्यास प्लान्टमा विस्फोट : १३ जनाको मृत्यु, नेपालीसहित दर्जनौँ घाइते

लोकपथ
805
Shares

कतार । कतारको रस लाफान औद्योगिक सहरस्थित ग्यास प्रशोधन प्लान्टमा सञ्चालन सुरु गर्ने क्रममा ठूलो विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये १२ जना भारतीय नागरिक रहेका छन् । घटनामा नेपालीसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियाका नागरिकहरू घाइते भएका छन् ।

घटनापछि ६६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमले जनाएका छ । चिकित्सकका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

कतारको सरकारी ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार बारजान ग्यास आपूर्ति सुविधामा सञ्चालन सुरु गर्ने क्रममा विस्फोट भएको हो, जसपछि आगलागी समेत भएको थियो।

घटनाबारे विस्तृत कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?