काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ बाट विश्व त्रस्त भएको बेला पाकिस्तानमाथि अर्को विपत्ति थपिएको छ ।
पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी अनुसार विमानमा ९० जना यात्रु रहेको बुझिएको छ । आन्तिरक उडान गरिरहेको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको A320 कलसाईनको उक्त विमान यात्रु बोकेर लाहौरबाट उडेको थियो । विमान कराँचीको आवसीय क्षेत्रमा दुर्घटना भएको बताइएको छ।

दुर्घटनास्थलमा धुँवाको मुस्लो देखिएको छ । उद्धारको काम भइरहेको छ। विमान दुर्घटनामा कति हताहति भयो भन्ने बारे खुलेको छैन । बाँचेकाहरूको बारे अहिलेसम्म कुनै पनि जानकारी उपलब्ध गराइएको छैन।
पीआईएका प्रवक्ता अब्दुल्लाह हफीजले उक्त दुर्घटनाको पुष्टि गरेका त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।

विमान पाकिस्तानी शहर कराचीको नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको त्यहाँको सञ्चारमाध्यम डि डब्लयू डटकमले जनाएको छ ।

उडेको केहि बेरमा नै आकाशमा धुँवाको मूस्लोसहित विमान खसेको त्यहाँका मिडियाले फूटेज देखाएका छन् ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया