प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा ललितपुर महानगरपालिकालाई सहयोग

ललितपुर – प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर महानगरपालिकालाई १५ थान पीपीइ र कार्यालयका अत्यावश्यक सवारी साधनका लागि फर्स्ट एड किट्स प्रदान गरेको छ ।

महानगर भित्रका फोहोरमैला संकलन तथा सरसफाई गर्ने कर्मचारीहरुलाई सहजताका लागि प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले सयुक्त रुपमा सहयोग सामाग्री उपलब्ध गराएका हुन् ।

कोरोना भाइरस ‘कोभिड – १९’ को महामारी नेपालमा फैलिएदेखी नै चिकित्सक, नेपाल आर्मी, सामाजिक संघ /संस्था, मिडिया, प्रभावित जिल्लामा पीपीइ , मास्क, सेनिटाईजर र फर्स्ट एड किट्स लगायतका अत्यावश्यक सामाग्री प्रदान गर्दै आएको प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबू महर्जनलाइ अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको हो । 

गत डिसेम्बर अन्तिम साताबाट चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण विश्वभर भय को स्थिती छ ।

विश्वभर फैलिएको यो महामारीबाट बच्न नेपालमा लकडाउन गरिएको आज ५८ औँ दिन पूरा भएको छ ।

आज बुधबार मात्रै ३२ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाको कारण २ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

सेनालाइ पीपीइ र फर्स्ट एड किट्स वितरण

आहतमा राहत : उदयपुरको त्रियुगा नगरपालिकालाई ४० थान पीपीई हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?