सेनालाइ पीपीइ र फर्स्ट एड किट्स वितरण

काठमाडौँ । गत डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना भाइरस ‘कोभिड – १९’ कोरोना भाइरसको कारण विश्व दुनियाँ त्रस्त छ । महामारीबाट बच्न नेपालमा लकडाउन गरिएको आज ४४ दिन पूरा भएको छ । आज बुधबार मात्रै १७ जना संक्रमित थपिएसँगै ४४ दिनदेखि जारी लकडाउन थप ११ दिन बढाईएको छ । यसैबीच लकडाउन यता पछिल्लो समय अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएका संस्थाले बुधबार एक कार्यक्रमकाबीच नेपाली सेनालाइ पीपीइ तथा फर्स्ट एड किट वितरण गरेको छ ।

विभिन्न सरकारी तथा सामुदायिक अस्पताल एवम् स्थानीय निकायसँग समन्वय गरी परोपकारी काम गर्दै आएको प्रारम्भ सामाजिक संस्था र आनी छोयिंग डोल्मा फाउण्डेशनले नेपाली सेना रास्ट्रिय सेवा दलको मुख्यालयमा एक कार्यक्रम गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पछिल्लो समय नेपालगंज र वीरगंजमा बढेको कोरोना संक्रमितको संख्या र यसको प्रभावलाइ मध्य नजर गर्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ७० थान पीपीई किट सेट र १०० थान फर्स्ट एड किट्स प्रदान गरिएको छ ।

वरिष्ठ कलाकार हरिबंश आचार्य एवंम् उहॉंकि धर्मपत्नि रमिला आचार्य , सिंगापुर रेडक्रसका कन्ट्रि डाईरेक्टर एवं प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, आनी छोयिंग डोल्मा फाउण्डेसनका अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा र प्रारम्भ संस्थाका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले राष्ट्रिय सेवा दलका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी श्री कृष्ण मुरारी न्यौपाने एवं रास्ट्रिय सेवा दल अल्मुनाइ एसोसियसनका प्रमुख सल्लाहकार निगम हुमागाईलाइ हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै कलाकार हरिबंश आचार्य , गायिका आनी छोयिंग डोल्माले सरकार र उसका निकायलाइ सघाउन चाहेको बताउँदै आवश्यक पर्दा जस्तोसुकै जिम्मेवारी लिन तयार भएको घोषणा गरे ।

सामग्री ग्रहण गर्दै सहायक रथी कृष्ण मुरारी न्यौपाने एवं अल्मुनाइ एसोसियसनका प्रमुख सल्लाहकार निगम हुमागाईले प्राप्त सहयोग र सामग्री दुरुपयोग हुन नदिने र प्रभावित क्षेत्रमै पुर्‍याउने बताएका छन् ।

विभिन्न प्रकोप र महामारी तथा संकटका बेला नेपाली सेनाले सधै अग्र भागमा सुरक्षा बन्दोबस्ती गर्दै आएकोले सेना मार्फत कोरोना विरुद्धको अभियानमा साथ दिन हातेमालो गर्न चाहेको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले लोकपथलाई बताए ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार छुटाउनुभएको थियो कि ?

आहतमा राहत : उदयपुरको त्रियुगा नगरपालिकालाई ४० थान पीपीई हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?