कोरोनाकै कारण सीमा विषयमा भारतसँगको वार्ता रोकिँदैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकै कारण भारतसँगको वार्ता नरोकिने बताएका छन् ।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउन सबै दलको राय लिने उद्येश्यले बसेको सर्वदलिय बैठकमा सहभागि सबैको मत सुनेपछि प्रधानमन्त्री ओलीले, “भारतसँग असल मित्रता रहन्छ तर भूमिका विषय हाम्रो पहिलो प्राथमिकता हो । उनले थपे, ‘‘पुर्खाहरुले लडेर बनाएको र पुर्खाहरुले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ । हामीले थप लड्नु जरुरी छैन तर विगतमा भएका उपलब्धिहरुमा दृढतापूर्वक रहनुपर्छ । सरकार सबै राजनीतिक दल र जनताहरुको साथ लिएर अगाडी बढ्नेछ ।

भारतसँग असल मित्रता चाहान्छौँ तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिहितको रक्षा सर्वोपरि हुन्छ प्राथमिकता हुनेछ ।’’

नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्नेमा बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुको एकमत स्वर सुनिएपछि प्रधानमन्त्रीले भने, ‘‘सीमामा समस्या छ भनेर उसै ९भारत० ले भन्ने । सडक उद्घाटन गर्न कोरोनाले नरोक्ने तर वार्ता गर्न कोरोनाले रोक्ने कुरा राम्रो भएन। भारतले प्रशासनिक अधिनमा राखेको ठाउँमा बाटो बनाएको कुरा विभिन्न माध्यमबाट थाहा भयो । थाहा हुने वित्तिकै प्रतिवाद पनि गरियो । नटुंगिएको आफै भन्ने अनि आफैले काम नगर्नुपर्ने थियो तर भयो । अब वार्ताका लागि भारत जुन तहमा तयार हुन्छ । हामी त्यसैअनुसार वार्ता गर्न तयार छौँ । हामी छिटो भन्दा छिटो वार्ता गर्न चाहन्छौँ ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरुले दिएको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने भन्दै ‘सरकार अविलम्ब वार्ता होस् भन्ने पक्षमा रहेको धारणा राखे ।

नेपाली भूमिका विषयमा कुरा गर्न भारतले कोरोनाको कारण देखाउँदै पन्छिन खोजेको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । जनतालाई साथ लिएर अगाडी बढ्न पनि नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले थपे बैठकले भारतले नेपाली भू-भाग लिपुलेकमा खनेको सडकको भू-भाग नेपालको भएको र उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक खनेर गत शुक्रवार भिडियो कन्फ्रेन्स मार्फत् उद्घाटन गरेको थियो ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेपछि गत शनिबारदेखि नेपाल भारत सीमाको विषयमा निकौ ठूलो खैलाबैला मच्चिएको छ । यो खबर बाहिरीएसँगै विभिन्न राजनीतिक दल भातृ संगठनले भारतीय रवैयाको विरोध गर्दै ठाउँठाउँमा प्रर्दशन गरिरहेका छन् ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न गतिविधि गरिआएको छ ।

भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

गत कात्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नोमा पारेर नक्सा जारी गरेको थियो ।

नेपाली भूमि भारतमा ३ सय ९५ वर्ग किमी भन्दा बढी भूभाग आफ्नोमा पारेर नक्सा सार्वजनिक गरेपछि भारतको विरोध भएको थियो। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै नेपाल र भारतबीच कूटनीति छलफल भएको बतायो ।

नागरिकलाई थम्थमयायो तर भारतले नेपालसँग कुनै सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ।

नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेशिय बिन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेपछि भारतको मिचाह प्रवृतिमाथि नेपाली नागरिकले आक्रोश व्यक्त गरेको छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चारमाध्यमले सार्वजनिक गरेका हुन्।

फोटोमा हेर्नुहोस्

भारतको उत्तराञ्चल राज्यको घटियागढबाट लिपुलेकसम्म ८० किलोमिटर सडक बनाएर भारतले शुक्रबार उद्घाटन गरेको हो।

भारतको उत्तराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित कार्यक्रममा उद्घाटन गरेका हुन्।

भारतीय रक्षामन्त्री सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन बीआरओलाई केही वर्षदेखि चीनसँग जोड्ने उत्कृष्ट काम गर्दै आएको भन्दै धन्यवाद समेत दिएका छन्।

लोकपथले यसअघि सिमाविद् बुद्धिनारायण श्रेष्ठसँग प्रश्न राखेको थियो किन नेपालले आफ्नो भूमिमा अरुले आधिपत्य जमाउँदा पनि बोल्दैन ? उनको जवाफ छ ‘हाम्रा नेताहरू भारतीयसँग कूटनीतिक पहल नै गर्न सक्दैनन् । प्रधानमन्त्रीलाई यो कुरा थाहा नभएको हो र ? बोल्दैनन् । कहाँ देखियो राष्ट्रवाद खै ?”
हेर्नुहोस् भिडियोमा

 

(पूर्वप्रकाशित/ प्रसारित अन्तर्वार्ता)

भारतिय मिडियामा व्यापक प्रचार  :

मानसरोवर जान अहिलेसम्म नेपालको काठमाडौं- तातोपानी, लखनउ—नेपालगन्ज हुँदै सिमकोटबाट मात्र जाने बाटो छ।
भारतीय मिडियाले कारबाटै मानसरोवर जान सकिने प्रचार गर्न थालिसकेका छन्।

(थप पढ्नको लागि लिंकहरु क्लिक गर्न सक्नुहुन्छ ।)

लिपुलेक १७ सय फिट उचाइमा छ। यो नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिका – १ मा पर्छ।

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

सीमामाथिको अतिक्रमण ठाडै अस्वीकार्य छ : सभापति देउवा

कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता

सर्वदलिय बैठकमा कोरोना सचेतना : खुट्टामा ‘सुज कभर’, अनुहारमा मास्क ! 

सर्वदलिय बैठक : सीमाको विषयमा एउटै स्वर – ‘राष्ट्रहितका लागि एकतावद्ध छौँ’

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित २४३ पुगे 

कोरोना अपडेट : के छ विश्वमा महामारीको पछिल्लो २४ घण्टाको अवस्था ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?