काठमाडौं – नेपालमा धमाधम कोरोना संक्रमित बढीरहेका छन् । हिजो (मंगलबार) एकैदिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा थप त्रास बढेको छ । यसैबीच आज (बुधबार) बसेको सर्वदलिय बैठकमा पनि कोरोना सचेतना अपनाइएको देखियो ।
सर्वदलिय बैठकमा सहभागी भएर अगाडीपट्टी प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टि बसेका सत्तारुढ पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देब्रेपट्टी बसेका प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहारदुर देउवा दुवैले खुट्टामा ‘सुज कभर’ लगाएको देखिन्छ । हेर्नुहोस् फोटोमा ।

त्यस्तै बैठकमा सहभागि सबैले नाक मुख छोपिने गरी अनुहारमा मास्क लगाएका छन् । हेर्नुहोस् फोटोमा

यसअघिका बैठकहरुमा मुखमा मास्क र सेनिटाईजरको प्रयोग देखिएपनि खुट्टामा ‘सुज कभर’ भने देखिएको थिएन ।
भक्तपुरका दुई जनामा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमध्ये एक जना नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको खुलेपछि बिहान बस्नेगरी तय गरिएको नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । यद्यपी तय भएको बैठक एकाएक स्थगित गर्नुको यकिन कारण भने खुलाइएको छैन । अन्तिम समयमा आएर बैठक स्थगित गर्नुको कारण कोरोनाको भय नै हो भन्ने धेरैले अड्कल काटेको बेला सर्वदलिय बैठकमा उपस्थित प्रचण्ड र देउवाको खुट्टामा सुरक्षाका लागि लगाइएको ‘सुज कभर’ देखिन्छ ।
जुत्तामा बाहिरबाट जाने जीवाणु तथा फोहोर भित्र नजाओस् भनेर सुरक्षा सर्तकतास्वरुप यस्तो किसीमको ‘सुज कभर’ लगाईन्छ । कतिपय मन्दिर प्रवेश गर्नको लागि यस्ता ‘फुटकभर’ अनिवार्य पनि गरीन्छ ।
यो समाचार तयार पार्दासम्म नेपालमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको दर तीव्र रुपमा बढ्दै जाँदा सावधानी स्वरुप यस्तो सर्तकता अपनाइएको अनुमान गर्न सकिन्छ ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जान सडक गत शुक्रवार उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा छलफल गरी नेपालका तर्फबाट एकीकृत धारणा बनाउन सर्वदलिय बैठक डाकेका थिए ।
सबै दलको राय लिने उद्येश्यले प्रधानमन्त्रीले डाकेको बैठक प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता थियो ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अन्य शीर्ष नेताहरु, साना दलहरु समेत उपस्थिती रहेको थियो ।
भारतले नेपाली भूमिमा लगातार मिचाहा प्रवृति दोहोर्याएपछि नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि प्रधानमन्त्रीले सीमाविद्हरुको पनि राय लिएको बुझिएको छ ।
देउवाले भन्छन् ‘भारतीय सेना फिर्ता गराऔँ’
सर्वदलिय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिमा कुनै विवाद नभएको भन्दै सरकारले तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् । बैठकमा आफ्नो कुरा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेपाली भूमिमा कुनै विवाद नभएको प्रष्ट्याउँदै भने, “सरकारले त्यहाँबाट भारतीय सेना फिर्ता पठाउन पहल गर्न ढिला नगरोस् । नेपाललाई बाहिर राखेर भारत९चीनबीच व्यापारिक नाका बनाउने सम्झौता भएको विषय उल्लेख गर्दै देउवाले भने सरकारले लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।”
उनले सञ्चारकर्मीसँग भने, “काली नदी वारीको भू – भाग नेपालकै हो ।” तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ ।”
यो समाचार पढ्नुहोस्
नेपालमा कोरोना अपडेट : प्रादेशीक विवरण दिँदै स्वास्थ्य मन्त्रालयले भन्यो – सचेत रहनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया