क्वारेन्टाइनमा बसेका युवकले उत्पात मच्चाएपछि भयो हंगामा…

काठमाडौं । कोरोना भाइरसले यतिबेला सारा विश्वलाई तहसनहस बनाएको छ । यस महामारीका कारण अहिलेसम्म २ लाख ८३ हजार ९९४ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ९४ हजार ६२ जनालाई संक्रमण भएको छ । कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् ।

यसैबीच एक व्यक्तिलाई कोरोनाको लक्षण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । मलेशिया सरकारले केहि ठूला होटल्सलाई क्वारेन्टाइन सेन्टरमा बदलेको छ । किनभने कोरोना भाइरसको संक्रमण तत्काल फैलिनबाट रोक्न सकयोस् ।

यसैबीच सोसल मिडियामा अहिले एक तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । फोटोमा एक कोरोना संक्रमित व्यक्तिले क्वारेन्टाइनमा उत्पात मच्चाएको देखिन्छ ।

तस्वीर हेरेका मानिसहरु सबै रिसाएका छन् । मलेशियाको यो घटना अहिले भाइरल बनिरहेको छ । मलेशियामा बाहिरबाट गएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियमसहित उक्त युवकलाई पनि क्वारेन्टाइन गरिएको थियो । उनले क्वारेन्टाइन बनाइएको होटलको क्यामेराहरु सबै फुटाइदिएका छन् ।

त्यतिले मात्रै नभएर उक्त युवकले ह्याण्ड स्यानिटाइजरले कोठामा आगो समेत लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै बाथरुम पनि तोडफोड गरे । यो होटल मलेशियाको सरवाकमा रहेको छ । उत्पात मच्चाएपछि पुलिसले उनलाई गिरफ्तार गरको छ ।

यसैबीच मलेशियामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १०८ जनाको मृत्यु भएको छ भने ६ हजार ६५६ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

संक्रमित बढेपछि चीनमा फेरी लकडाउन

फेरी नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२० पुगे संक्रमित

कपिलवस्तुमा मात्रै १५ जना कोरोना संक्रमित

कोरोनाको पछिल्लो अपडेट स् के छ विश्वमा महामारीको अवस्था ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?