काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर यो समाचार तयार पार्दासम्म ३७ लाख ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ । भने २ लाख ६१ हजार ७ सय ३ जनाको मृत्यु भएको वोल्डो मिटरले जनाएको छ ।
त्यस्तै १२ लाख ७४ हजार ७ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४८ हजार ८ सय ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैगरी अमेरिकालाई कोरोना भाइरसको महामारी प्रताडीत बनाएको छ । त्यहा (अहिलेसम्म ७३ हजार १ सय ४५ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ४५ हजार बढी जनालाई संक्रमण भएको छ ।
त्यस्तै वितेको २४ घण्टामा त्यहाँ ८ सय ७४ जनाको मृत्यु भएको छ भने ८ हजार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १६ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा वितेको २४ घण्टामा २ सय ४४ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । साथै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २९ हजार ६ सय ८४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ आज मात्रै ३६९ जनाको मृत्यु भएको छ भने १ हजार ४४४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हजार ३ सय ३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोनाको कारण २९ हजार ४२७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९९० जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ५३१ जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ५ सय ५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैगरी जर्मनीमा कोरोना भाइरसको कारण अहिलेसम्म ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ वितेको २४ घण्टामा ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा वितेको २४ धण्टामा ८६ जनाको मृत्यु भएको छ भने १० हजार ५५९ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ५३७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
टर्कीमा पनि कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ७ सय ४४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार २ सय ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया