राष्ट्रपतिले किनिनन् गाडी

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना लागि सुविधासम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छिन् ।

कोभिड १९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले ६५ लाख रुपैयाँ (भन्सार राजश्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारी गरेको थियो ।

यस्तै राष्ट्रपति कार्यालयकै सचिव र सहसचिवको लागि थप ५ वटा इलेक्ट्रिक गकार पनि खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?