काठमाडौं । सारा विश्वमा कोरोना फैलाएर चीनले जैविक रणनीति अपनाएको भन्दै इन्टरनेशनल काउन्सिल अफ ज्युरिस्टले आवाज उठाएको छ ।
संयुक्त राष्ट्र मानवअधिकार परिषदसँग इन्टरनेशनल काउन्सिल अफ ज्युरिस्टले चीनलाई मानवताको विरुद्ध गम्भीर अपराध गरेको भन्दै कारवाही गर्न अपील गरेको छ ।
संगठनले कोरोना भाइरसको महामारी बेइजिंगको षड्यन्त्र भएको आरोप लगाएको छ । आफू विश्वको महाशक्ति बन्नका लागि यसरी भाइरस सारा विश्वमा फैलाएको आरोप संगठनले दगाएको हो ।
आईसीजका अध्यक्ष आदिश सी अग्रवालका अनुसार भाइरस फैलिनबाट रोक्नको लागि चीनले कुनै सहयोग नगरेको भन्दै उनले सोहि कारणले विश्वमा मन्दीको अवस्था आएको बताएका छन् ।
अग्रवालले चीनबाटै फैलिएको भाइरस एउटा मात्र प्रान्तमास्थिर रहेको भन्दै उनले जिनेवामा रहेको मानवअधिकार संगठनसँग चीनलाई कारवाही गर्न अपील गरेका हुन् ।
कोरोना फैलाउने जिम्मेवार चीन रहेको बताउँदै उनले चीनका सेनाहरुलाई ठूलो जरिवाना तिराउन माग गरेका छन् । कोरोना भाइसरका कारण अहिलेसम्म ६४ हजार ९७५ जनाको ज्यान गईसकेको छ ।
अग्रवालले यूएनएचआरसीसँग चीनलाई भाइरस फैलाएको जिम्मेवारी लिन आदेश दिनको लागि माग गरेका छन् । साथै उनले सारा विश्वमा भएको क्षतिपूर्ति व्यहोर्न पनि माग गरेका छन् ।
यो भन्दा अगाडि भारतीय कांग्रेस नेताले निनोंग इरिंगले भारतीइ प्रधानमन्त्री मोदीलाई कोरोना फैलाएको विषयलाई लिएर चीनमाथि अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हाल्न माग गरेका थिए ।
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !
कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?
संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई फेरी दिए चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया