पाठेघर खस्ने बिरामीका लागि स्वास्थ्य शिविर

रोल्पा, २० माघ । रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेको भन्दै गाउँपालिकाले समेत चासो दिन थालेको छ । यसै क्रममा जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ शिविरमा २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउन सल्लाह दिएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब सेवा समेत निःशुल्क प्रदान गरिएको गाउँपालिकाले जनाएको छ महिला रोग विशेषज्ञ डा अनुका शर्माद्वारा परीक्षण गरिएको सो शिविरमा माडी गाउँपालिकाका अतिरिक्त छिमेकी गाउँपालिका तथा सल्यान जिल्लाका बिरामीले समेत सेवा लिएका थिए गाउँपालिकाभित्र पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ गाउँपालिकाले सो शिविर सञ्चालन गरेको थियो । शिविरमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताइएको छ कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन् हरेक स्थानीय सरकारले यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवामा पहँुच पु¥याउन जरुरी रहेको स्थानीयबासिन्दाको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?