पचास वर्षपछि लोकगीत गाउने कोही हुँदैनन्ः चेतन कार्की

-अनिल थापामाछीले खा मलाई भन्छ, खान मन लाग्दैन पटक्कैचनौटे जा मलाई भन्छ, जान मन लाग्दैन पटक्कैवरिष्ठ लोकगायक चेतन कार्कीले यो गीत आफू चार वर्षको हुँदा फुराएका रहेछन् । त्यतिबेला उनले गीत जुराएको त याद छैन तर बुझ्ने भएपछि ठूली दिदी र आमाले तैंले सानैदेखि गीत गाउँथिस् भन्दै यी टुक्का सुनाउँदा मैले कसरी गाएँ होला भन्ने लाग्थ्यो रे कार्कीलाई त्यो गीत न कसैले गाएका थिए, न कसैले सुनाएका नै थिए उनलाई । सानैदेखि त्यस्ता गीतको अन्तरा मिलाएर गीत गाउने गरेको कार्की सुनाउँछन् ‘मेरो बाल मानसमै लोकगीतको छाप परेको रहेछ’, असी वर्षको उमेरमा कार्की आफ्नो बाल्यकाल सम्झँदै सुनाउँछन् उनको परिचय लोकगीतको मात्र होइन, नाटक पनि लेखेका छन् उनले । दर्जनौं कृति प्रकाशन गरेका छन् । फिल्म निर्देशन गरेका छन् । तर उनको पुस्ताले कार्कीलाई लोकगायककै रुपमा बढी चिन्छन् जसरी चिनिएका छन्, पोखराबाट जनकविकेशरी धर्मराज थापा, अलिमियाँ, झलकमान गन्धर्व लगायत थुप्रै कलाकार स्याङ्जामा जन्मिएका कार्कीलाई चार वर्षको उमेरमै पल्टने बुबासँगै भारतको देहरादुन जानुपर्ने भयो पढ्नका लागि । बाबाले उनलाई बोकाएरै स्याङ्जाबाट गोरखपुर पु¥याए रेल चढाउन । ‘त्यतिबेला नेपालमा यातायातको सुविधा थिएन, स्याङ्जा त झन् विकट जिल्ला थियो, भारत पनि हिँडेरै जानुपथ्र्यो ।’ कार्की भन्छन्, ‘मभन्दा केही वर्ष जेठो दाइलाई हिँडाएर र मलाई बोकाएर गोरखपुर पु-याउनुभएको थियो रे बुबाले !’उनी उतै हुर्के देहरादुनमा । त्यहाँ गोर्खाली सिपाही छोरालाई पढाउन स्कूल खोलेका थिए अङ्ग्रेजले – गोर्खा मिलिटरी स्कूल । त्यहीं पढे गोर्खाली सिपाहीका छोरालाई पढाउन खोलिएको स्कूल भएपनि पढाइ भने भारतीय र अंग्रेजी माध्यमबाट हुन्थ्यो औपचारिक रुपमा नेपाली भाषा बोल्ने अवसर नपाएपनि गोर्खालीहरु धेरै भएकाले नेपाली भाषा नै प्रयोग गर्थे परिवारमा । ‘फरक फरक जिल्लाका नेपालीले आफ्नो शैली (भाषिका) अनृुसार बोल्ने गर्थे, त्यसले गर्दा गाउँको भाषा टपक्क टिप्न मलाई सजिलो भयो ।’, उनी भन्छन् देहरादुनमा हुँदा उनी खुबै लोकगीत सुन्थे । ‘केटाकेटीमै मित्र सेन थापाका गीत सुन्थें ग्रामफोनमा, त्यतिबेला गीत सुन्ने नै ग्रामफोनमा त थियो,’ उनी अगाडि थप्छन्, ‘मलाई भित्री मनदेखि लोकगीतप्रति सानैदेखि अनुराग थियो ।’लोकगीतलाई त्यसरी बुझ्दै आएका कार्कीलाई अहिलेका गीत भने लोकगीत जस्ता नै नलाग्ने बताउँछन् झमझम परेलीआँखैकी गाजलु सम्झन्छु देहरादुनदेहरादुनमा भएका नेपालीले यो गीत यी शब्दमा गाउँथे । त्यही गीतमा टुक्का थपेर कार्कीले स्कूलमा पनि गाउने गर्थे यो गीत । सबैको स्याबासी पाउँथे तिम्ले त मलाई सम्झिने छैनौ तर म आइदिउँलारातिको बेला भएर भेला रोधी नि गाइदिउँलापछि त्यही गीत जनकवि केशरी धर्मराज थापाले केही शब्द परिमार्जन सहित गाए ‘त्यो बेला लोकगीतमा मुटु हुन्थ्यो, दोहोरीमा आरोह अवरोह हुन्थ्यो, तर अहिले लोकगीत लोकगीत जस्ता छैनन् ।’, उनले फेरि दोहो-याए बाटो हेर्दा सम्साँझैदेखि निरमाया उजेलो भैगयोआउँछौ भनी पर्खेर बस्दा निरमाया जोवन गइगयोकार्कीले यो गीत धेरै ठाउँमा गाउँदै हिँडे । पछि त्यही गीत सावित्री शाहको स्वरमा रेकर्ड भयो यस्ता गीत रुचाइनुको कारण लोकको मौलिक गीत हुनु भएको कार्कीको धारणा छ ‘हामी विदेशी संस्कृतिले नेपाली संस्कृति अतिक्रमण गरेको छ भनिरहेका छौं । बरु हामीले त्यो संस्कृतिलाई अंगालेर आफ्नो चिनारी आफै मेटाउन लागिपरेका छौं,’ उनी भन्छन्, ‘कुनै पनि राष्ट्रको गौरव भाषा, साहित्य, कला र संस्कृतिले प्रतिबिम्बित हुन्छ ।’अहिलेका कलाकारले नाम र दाम त कमाएका छन् तर गीतको मर्म नै मास्दै गएको आरोप कार्की लगाउँछन् । पहिलेको समयलाई सम्झँदै कार्की सुनाउँछन्, ‘जमाना यस्तो थियो कि, सात दिन दोहोरी गाएर केटाले जिते पत्नी बनाएर लैजाने, केटीले जिते कमारो बनाएर लैजाने चलन थियो,’ उनी थप्छन्, ‘अहिलेका गीत त सिधै क्लाइमेक्समा पुग्छन् ।’लोकगायकले आफ्नो भोगाइलाई गीतको टुक्काले बुझाउन सक्नुपर्छ, वास्तविक लोकगीत जीवनसँग सम्बन्धित हुन्छ भन्छन् कार्की हरियो भन्ने त्यो काँचो पात पहेंलो सुरतीजुगै र भरी नहुने भए के लाउनु पिरतीउँभो र हेर्दा त्यो काली लेक उँधोलाई वन छैनउडिजाऊँ भने म पंछी हैन, बस्नलाई मन छैन‘पहिले गीत यस्ता थिए, अहिलेका गीत व्यावसायिक त छन् कलाकारलाई चिनारी पनि दिएका छन् तर ती गीतलाई म ‘लोकगीत’ नै मान्दिन ।’, कार्की भन्छन् लोकगीतमा आफ्नो जीवनको भोगाइ, ती उकाली, ओरालीलाई गीतका शब्दमा राख्न सक्नुपर्छ हामीले आधुनिकताको नाममा लोकगीतको मर्म नै बिगारेको उनको आरोप छ । ‘केही वर्षपछि त लोकगीतको परिभाषा नै लोप हुन्छ ।’ उनी ठोकुवा गर्छन्, ‘अबको पचास वर्षपछि नेपाली लोकगीत गाउने मान्छे नै हुन्नन्, हाम्रै संस्कृति सोरठी, वालन, घाटु के हो भन्ने कसैलाई थाहा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?