बास्केटबलका ‘स्टार’खेलाडी कोबेको मृत्यु : लेखेका थिए यस्तो भावुक कविता…

काठमाडौं । क्यालिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा परी चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको सहित ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कोबे, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थानिय समय अनुसार बिहान १० बजे दुर्घटना भएको थियो । ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो ।

को हुन् त कोबे ब्रायन्ट ?

विश्वकै सर्वाधिक लोकप्रिय खेल मध्य एक हो बास्केटबल । प्रशंसक बास्केटबलका स्टार खेलाडीको नाम लिने हो भने कोबे ब्रायन्टको नाम नै मानिसहरुले पहिले उच्चारण गरेको पाईन्छ ।

पाँच पटक नेशनल बास्केटबल असोसिएशन अर्थात् एनबीए च्याम्पियन कोबे ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल महान् खेलाडीमध्ये एक गनिन्थ्यो ।

ब्रायन्टले आफ्नो २० वर्ष लामो बास्केटबल करियमा सधैं लस एन्जेल्स लाकेर्समार्फत् खेले । सन् २०१६ को अप्रिल महिनामा अवकाश लिएपछि उनले सन् २००८ मा एनबीएका सबैभन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए । यसका साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरे ।

कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियनको उपाधि र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बनेको उपाधि दर्ता छ । कोबेले सन् २००६ मा टोरेन्टो रेपटर्सविरुद्ध एउटा खेलमा ८१ अंक हासिल गर्ने उद्देश्य हासिल गरेका थिए जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धिमा समावेश छ ।

 

कोबेको मृत्युपछि मृतक बास्केटबल खेलाडी कोबेप्रति नेयमारले लिलीविरुद्धको खेलमा गरेको गोल समर्पण गरेका थिए । विभिन्न फुटबल स्टार खेलाडीले आफ्नो ट्वीटरबाट समबेदना प्रकट गरेका छन् ।

 

 

कोबेका लागि बास्केटबल नै जीवन थियो 

बास्केटबल जगतका ‘स्टार प्लेयर’ कोबेका लागि खेल नै जीवन थियो । बास्केटबलमै आफ्नो खुसी जीवनको लक्ष्य भेट्टाएका कोबेले बास्केटबलका बारेमा कविता समेत लेखेका छन् । आफ्नो बाल्यकालको किस्सा जोड्दै कसरी बास्केटबलप्रतिको लगाव बढ्यो लगायत बास्केटबलको आफ्नो जीवनमा केकस्तो महत्व छ भन्ने कुरालाई शब्दमा उनेर उनले यस्तो कविता रचेका थिए । बास्केटबललाई आफ्नो जविन मानेका कोबेले डियर बास्केटबल शिर्षकमा कविता रचेका थिए ।

 

कोबेको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामा, नेपालकी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, बलिउडका प्रीति जिन्टा, करण जोहरले शोक व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस् : क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?