कोरोना भाइरसबाट कसरी बच्ने ?

चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको ‘नोवल कोरोना भाइरस’ संक्रमण नेपालमा समेत देखापरेको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको हो । अस्पतालबाट स्वास्थ्य लाभ गरेर घर फर्किएका उनको स्वास्थ्य स्थिति हाल सामान्य छ ।
कसरी बच्ने ?
जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?