यूट्युबबाट पैसा कमाउन हस्तमैथुन गरेर युवतीको कपालमा छ्यापेको रिक्सा चालकको बयान

अन्तत एक वर्षपछि पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाललाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको देखिएको हो।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियो बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको हो।

उक्त भिडियो अश्लील साइटमा राखेर पैसा आउँछ भन्ने सोचका साथ उनले यस्तो हर्कत गरेको अनुसन्धानबाट खुल्न आएको छ।

यो पनि

युवतीको कपालमा वीर्य स्खलन गर्ने युवक समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?