खेलकूदले कम गर्न सक्छ मानसिक रोग

काठमाडौँ । खेलले शारीरिक कसरत मात्र हुदैन । चाहे यो स्वीमिङ हो या क्रिकेट, टेनिस, फुटबल, अथवा केही समय पार्कमा खेलिने ब्याटमेन्टन । खेलका कारण धेरै फाइदा हुन्छ । रिसर्चका अनुसार कुनै पनि खेल तपाईको शरीरलाई चाहिने पौष्टिक खानाको मात्रा पुर्याउनु आवश्यक पर्छ ।

खेलले फिट बनाउने मात्र होइन, तौल कम गर्नुको साथै शरिर स्वस्थ्य राख्नका लागि समेत सहयोग गर्दछ । यसले मानिसको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको हुन्छ । खेल भनेको कुनै पनि उमेर समुहलाई लक्ष्यित गरिको हुदैन । स्टन यूनिवर्सिटी स्कूल अफ मेडिसिनका अनुसार, जुन बच्चा राम्रो खेल खेलन सक्छ त्यो डिप्रेशनको शिकार हुने छैन ।

खेलमा ध्यान केन्द्रित र एकाग्रताको क्षमता रहेको हुन्छ । जसले आत्मविश्वास र आत्मसमानको वृद्धीमा मद्दत पुराउन सक्छ । तपाई कुनै खेल खेल्नुहुन्छ भने एंडोर्फिन नामको अनुभव फील-गुड, मूड राम्रो हुने रसायनको मस्तिष्कको विकास हुनेछ ।

खेलले बच्चाहरुको संज्ञानात्मक कार्यलाई मद्दत पुराउने काम गर्दछ । बच्चमा सिक्ने अथवा जीवनका अन्य महत्वपूर्ण कुराहरुमा मद्दत पुग्न सक्छ । अध्यायनका क्रममा पता लागेको छ कि कुनै पनि खेलमा भाग लिने गर्छन्। उनीहरुको शारिरिक उचाइको साथै सक्रिय एंव फिट हुने संभावना अत्याधिक हुन्छ ।

खेलबाट मानसिक तनावदेखि टाडा बस्ने एक मुख्य माध्यम पनि हुन सक्छ । यदि खेलका कारण तपाईमाथि लागेका अन्य रोगहरुबाट मुक्ति पाउँन सक्नु हुनेछ । वास्तवमा यो अनुसन्धानका क्रममा पत्ता लागेको छ कि जुन मानिस नियमति रुपमा खेल खेल्ने गर्छन् । उनीहरुलाई चिन्ता र डर भय हुँदैन । अष्ट्रेलियामा भएको अध्ययानका अनुसार हप्तामा १ देखि ३ दिन खेलमा भाग लिएमा मनोवैज्ञनिक विरामी ३४ प्रतिशत सम्म कम भएको थियो । यहि प्रतिशत ४६ प्रतिशत सम्म पुगेको भए हप्तामा ४ दिन भन्दा धेरै खेल खेन्न आवश्यक हुन्थो ।

यस्तै एक अन्य अध्ययनका अनुसार एक किशोर स्पोर्ट्समा भाग लिएको हुन्छ । उसको अवसाद या आत्मघाति विचार आउने आशंका आउने छैन। अमेरिकामा यूनिवर्सिटी ऑफ कोलोराडो बोल्डका शोधकर्ताले लगभग ११,००० युवाहरुमा १४ वर्षसम्म अध्ययन गरेका थिए ।ऑर्थोपेडिक जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अध्ययनमा पाएको थियो कि जुन मानिस खेल खेल्छन्। उनीहरुको २० देखि ३० वर्ष उमेर समूह सम्मका मानसकि स्वास्थ्यबाट पिडित हुने आशंकामा कमी आएको थियो ।

मानसिक सक्रियता

अध्यायनका क्रममा पत्ता लागेको छ कि शारीरिक गतिविधीका मनोदशामा समेत सकारात्मक प्रभाव देखिने छ । अनुसन्धानकर्ताले खेल खेल्नेहरुको शारीरिक निष्क्रियता जस्तो किताब पढ्नेमा अध्ययन गरिएको थियो । यिनि मानिसहरुको आफ्नो मुडको रेट गर्नका भनिएको थियो । जसमा यस्तो पाइएको थियो मानिस खेलका माध्यम शारीरिक गतिविधी पछि अत्याधिक सक्रिय शक्तिका साथै सन्तुष्टीको समेत महसुश गरेका थिए ।

तनाव कम

नियमित रुपमा सक्रिय हुने तनाव कम गर्न मद्द मिल्ने छ । यो तनावपूर्ण जीवन शैलीको प्रबंधनमा सहायक हुन सक्छ । साथै कुनै पनि दबावमा छिटो निर्णय लिनका समेत मद्दत पुग्ने छ । कामकाजी वयस्कमा गरिएको अनुसन्धानमा पत्ता छ कि कम सक्रिय हुनेको तुलनामा राम्रो तरिकाले समस्याको समधान गर्न सक्षम रहेका हुन्छन्।

उच्च आत्मासम्मान
शारीरिक गतिविधीले आत्मसम्मानमा समेत ठूलो असर गरेको हुन्छ । व्यक्ति आफ्नो बारेमा स्वंयमको बारे सोचेर धेरै चिन्तित हुने गर्छन्। यो मानसिक स्वास्थ्यको एक महत्वपूर्ण संकेतक रहेको हुन्छ । खेलमा सक्रिय मानिस उच्च आत्मासम्मानका साथ सम्बन्धको सुधार गर्न सक्षम हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?