को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? यी हुन् आकांक्षी

काठमाडौं । नेपालको केन्द्रिय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकको गभर्नरकाे पदावदी पाँच वर्षको हुने गर्दछ । हाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको पदावदी पाँच महिनापछि सकिदैँछ ।

साथै अब को गभर्नर हुने भन्ने कुराको चर्चासँगै दौडधुप समेत चल्न थालेको छ । यसै क्रममा आधा दर्जन व्यक्ति गभर्नरको लागी आकांक्षी रहेको स्रोतले जनाएको छ । नेपालमा हुने साना देखी ठुला किसिमका नियुक्ती मा हुने गरेको चलखेलमा राष्ट्र बैंकको पद समेत अक्षुतो रहन सक्दैन । राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । तर सत्तारुढ दलबाट नै चलखेल हुने गरेको अधिल्लो पटकका नियुक्तिमा पाइएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार रहेका गर्भनर नेपाललाई कांग्रेस नेतृत्वको सरकारले सल्लाहकारबाट राजीनामा दिन लगाएर गभर्नर नियुक्त गरेको थियो ।

करिब चार वर्षअघि नियुक्त हुनुभएका नेपाल राष्ट्र बैंकका १६ औ गभर्नरका रुपमा रहनुभएको छ ।

त्यस्तै अब बन्ने १७ औं गभर्नरका लागि आंकाक्षा मध्ये राख्ने पहिलो नम्बरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी रहनुभएको छ । २०४४ मा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गर्नुभएका सिवाकोटी १९ फागुन ०७२ मा डेपुटी गभर्नर बन्नुभएको थियो ।

त्यस्तै गभर्नरका अर्का आकांक्षी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी हुन । ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी रहनुभएका अधिकारी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर रहनुभएको छ ।

साथै राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली पनि गभर्नरको दाबेदारका रूपमा रहनुभएको छ ।

र अन्य धेरैले आकांक्ष देखाएका छन् । यसैक्रममा राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुवोध कुमार कर्ण, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले समेत आकांक्षा राखेकाे स्राेतले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?