३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
119
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

हिजो सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजारले घटेर २ लाख ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?