स्पोर्टिङ क्लबले गर्यो यस्तो निर्णय, रोनाल्डोको नाममा रंगशालाको नामाकरण

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलको क्लब सीपी स्पोर्टिङले आफ्नो रंगशालाको नाम परिवर्तन गर्ने भएको छ । रोनाल्डोको बाल्यकालको क्लब स्पोर्टिङले रंगशालालाई रोनाल्डोको नाम दिने जनाएको हो ।

हालसम्म क्लबको रंगशाला संस्थापक जोस अल्भालेडको नाम दिइएको थियो । सन् १९५६ देखि रहँदै आएको नाममा बर्तमान अध्यक्ष फ्रेडिरेको भरनडासले रोनाल्डोको नाममा परिवर्तन गर्न लागेका हुन् । युभेन्ट्सका स्टार रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङ्बाट फुटबल करियर सुरु गरेका थिए ।

स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धन गरेको थियो ।

रोनाल्डोले क्लबमा आफ्नो विरासत छाडेको अध्यक्ष भरनडासले बताएका छन् । ‘यो एक उपाय हो, हाम्रो गर्वको कुरालाई भुल्ने छैनौं ।’ भरनडासले भने, ‘रोनाल्डो स्पोर्टिङको इतिहासमा ठुलो प्रतिक थिए र रहिरहने छन् । क्लब विश्वभर रोनाल्डोसंग जोडिदा खुसी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?