सावित्रा र सोमपालको पोल्टामा जनसेवा श्री पञ्चम श्रेणी पदक

काठमाडौं । हरेक वर्ष संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाइ मानपदवी सहित सम्मान गर्दै आएको छ । यसैक्रममा यस वर्षपनि सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ ।

यसैबिच खेलकुद क्षेत्रमा योगदान पुर्याएको कारण तीन दर्जन बढी खेलाडी तथा प्रशिक्षकलाई विभिन्न पदकबाट विभूषित गरेको हो ।

सरकारले जनसेवा श्री पञ्चम श्रेणी पदकबाट क्रिकेटका सोमपाल कामी, फुटबलकी सावित्रा भण्डारी, प्रशिक्षक अनन्त राज थापा, फुलमाया क्यापछाकी, अजय तामाङ, अजित कुमार यादव, प्रिन्स दाहाल, महिमा कोइराला र महेश्वर महर्जनलाई विभूषित गरेको जनाएको छ ।

यस्तै महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का, कराँतेका प्रशिक्षक दिपक श्रेष्ठ, भारत्तोलनकी टिका कुमारी पुन, सुर्य कुमारी गुरुङ र रेस्लिङकी भगवती खड्का सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित भए ।

त्यस्तै सरकारले सुर्किती पदकबाट पौडीकी ओलम्पियन गौरिका सिंह, गल्फका टंक बहादुर कार्की, पुरन राई, रेश्मा भण्डारी र निरु थापालाई सम्मान गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस : 

संविधान दिवसः ६३४ जना विभिन्न पदकबाट सम्मानित (हेर्नुहोस् सुचीसहित)

वित्तिय क्षेत्रमा योगदान पुर्‍याएबापत पाँच जना सम्मानित (नामावलीसहित)

संविधान दिवस : प्रा.डा दाहाल विभुषित, को-को चलचित्रकर्मीले पाउँदैछन् सम्मान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?