वित्तिय क्षेत्रमा योगदान पुर्‍याएबापत पाँच जना सम्मानित (नामावलीसहित)

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले बैंक तथा वित्तिय संस्थामा उत्कृष्ट योगदान पुर्याए बापत विभिन्न बैंक तथा वित्तिय संस्थामा आवद्ध पाँच व्यक्तिलाइ सम्मान गर्ने भएको छ ।

बैंक तथा बित्तिय क्षेत्रमा लामो समय आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो ।

यसरी मानपदवी पाउनेमा नेपाल बैंक लि का अध्यक्ष वासुदेव अधिकारी, ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं उधोगपति चन्द्र ढकाल, एनआईसी एसिया बैंकका सिइयो रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का तथा एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती रहेका छन् ।

२०७६ असोज ३ गते संबिधान दिवसको बिशेष समारोहमा बैंक बित्तियबाट पाँच जनालाइ राष्ट्रपतिबाट मान पदवी पाउने पाएका हुन् ।

यो पनि
संविधान दिवसः ६३४ जना विभिन्न पदकबाट सम्मानित (हेर्नुहोस् सुचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?