यी १० किसिमका मानिस : जसले जीवनभर दु:ख पाउँछन् !

काठमाडौं । हरेक मान्छेको चाहाना हुन्छ सुख सयल जीवन प्रकट गर्ने । मानिसको जिवनमा अनेक किसिमको उतारचढाव आइरहेको हुन्छ । जीवनमा सुख प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन् । मानिसले जिवनमा दुख कष्ट भोग्नुको अनेक कारण हुन्छन् । मानिसले आचरण र व्यवहार अनि सानो गल्तीले पनि दु:ख पाउँछन् ।

वास्तु शास्त्रका अनुसार यस्ता मानिसहरु जसले जीवनभर दु:ख पाउँछन् :

१. उल्टो जुत्ता चप्पल देख्दा पनि सुल्टो नपार्ने मानिस : हामी कहिलेकाही जुत्ता उल्टो भएको देख्दा पनि त्यसलाई सुल्टो नबनाउने मानिसले दु:ख पाउँछन् । जुत्ता, चप्पल शनिको कारण भएकाले त्यसको प्रभाव पर्छ ।

२. जुत्ता-चप्पलसंग सम्बन्धित काम गर्ने मानिसलाई दु;ख दिने मानिस : जुत्ता-चप्पलसंग सम्बन्धित काम गर्ने मानिसलाई दुख दिने मानिसले पनि जीवनभर दुख पाउँछन् । जुत्ता चप्पल सिलाउने पालिस गर्ने मानिससंग बार्गेनिङ्ग गर्ने दुख दिने र हेप्ने मानिसलाई शनिको प्रभाव रहन्छ । र उसले जीवनभर दु:ख पाउँछ ।

३. जग वा लोटाबाट पानी जुठो हालेर खाने मानिस : वास्तु शास्त्रका अनुसार जग वा लोटाको पानी जुठो हालेर खाने मानिसले पनि जिवनमा दु:ख पाउँछ ।

४. जनावरलाई कुट्ने, लात्ताले हान्ने मानिस : जनावरलाई दुख दिने, लात्ताले हान्ने, कुट्ने मानिसले पनि दु:ख पाउने वास्तु शास्त्रले बताउँछ । विशेषत: कुकुर गाइ लगाएत जनावरलाई लात्ताले हान्नु, पिट्नु पाप मानिन्छ ।

५. पाहुनालाई आदर नगर्ने व्यक्ति : पाहुना देवता समान हुन्छन् । र देउताको रुप लिएर आएका पाहुनाको अपमान गर्ने, आदर नगर्ने मानिसले जिवनभरी दु:ख पाउछन् । शत्रु नै भएपनि आफ्नो घरमा आएका पाहुनाको जहिले सत्कार गर्नुपर्छ ।

६. जोगी, मगन्ते वा भिक्षा नदिने व्यक्ति : जोगी, मगन्ते वा भिक्षा नदिने व्यक्तिले पनि दु:ख पाउँछन्।

७. नास्तिक मान्छेले जीवनभर दु;ख पाउंछन् : नास्तिक मानिसहरु पनि दु:खी हुन्छन् । (विज्ञानले भनेको छ सफलताको लागि पुरापुर आत्मविश्वास चाहिन्छ । यदी धर्मकर्मबाट सकारात्मक सोच र दरिलो आत्मविश्वास प्राप्त हुन्छ भने किन नमान्ने ?)

८. व्यभिचारी मानिस : व्यभिचारी मानिस मानिसहरुले पनि दु:ख पाउँछन् ।अरुलाई दुख दिने, अरुको डाहा गर्ने, लोभ गर्ने, अर्काकी स्त्रीमा आँखा लगाउने, स्त्री जाति कमजोर हुन्छन् भन्ने दरिद्र मानसिकता भएका, एकान्तमा भेटेका केटाकेटी बालबालिकालाई दुख दिने, मौका पाएसम्म अरुलाई पिराउने, जताउने मानिस र प्रवृत्ति भएकाले जीवनभर दुख पाउँछन् ।

९. गिलास /भाँडा लडेको देख्दा पनि नउठाउने वा वेवास्ता गर्ने व्यक्ति : गिलास /भाँडा लडेको देख्दा पनि वेवास्ता गर्ने मानिसले पनि दु:ख पाउने वास्तु शास्त्रको दावी छ ।

१०. पैसाको पछि लाग्ने मान्छे : पैसाको पछि लाग्ने मान्छेले पनि जिवनमा कहिल्यै सुख पाउदैनन् । यस्ता मान्छेहरु प्राय: कष्ट भोगीरहन्छन् । (भनाईको तात्पर्य के हो भने अरुलाई दुख दिएर, अरुको आँशु चुहाएर, भ्रष्टाचार गरेर कमाएको पैसाले तपाईको मनमा शान्ति हुँदैन । बरु थोरै थोरै गरेर वा लक्ष्य बदलेर नयाँ कामबाट धनी बन्नुहोस् । तर पैसाको लागि अरुको ज्यान सम्म लिने प्रवृति पनि समाजमा हावी छ। त्यस्तो गलत विचारबाट भने टाढा हुनुहोस्।) एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?