संसारको १० अनौठो तथ्य : जुन पढेर तपाइ आँखीभौँ उचाल्नुहुन्छ !

संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् यहाँ । दैनिक जीवनमा हामीले देखेका, सुनेका दृश्य, ध्वनि, हामीसँग परिचित प्राणी, पृथ्वी, जल, तेज, वायु, आकाश आदि सबैको कुनै न कुनै रुपमा अनौठा विशेषता छन् जसको बारेमा या त हामीलाई थाहा नै छैन या त हामी नजरअन्दाज गर्दै आएका छौं । तर, आज हामीले यस्ता अचम्मका १० तथ्य भेटाएका छौं जसले तपाईंलाई एकपटक सोच्न बाध्य बनाउँछ, ‘अरे यस्तो पनि हुन्छ  र ?

१) संसारभरिका विश्वकीर्तिमानी समेट्ने ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बुकले संसारकै सर्वाधिक बिक्री भएको पुस्तकका रुपमा आफ्नै विश्व कीर्तिमानीको रेकर्ड       राखेको छ ।

२) संसारमा करीव १० प्रतिशत मानिसहरु लेफ्टी छन् ।

३) सगरमाथामा २०० भन्दा बढी मृत शरीरहरू छन् ।

४) मोहम्मद संसारमा सबैभन्दा लोकप्रिय पहिलो नाम हो र ली सबैभन्दा लोकप्रिय अन्तिम नाम हो ।

५) सुँगुरहरूले आकाशमा हेर्न सक्दैनन् ।

६) एउटा साङला आफ्नो टाउको बिना पनि केहि हप्तासम्म बाँच्न सक्छ ।

७) एउटा मानिसको शरीरको पुरै रगत सकिन एकै पटक १२,००,००० लामखुट्टेले टोक्नुपर्छ ।

८) संसारमा म्याच स्टिक(सलाइ) भन्दा अघि सिगरेट लाइटरको आविष्कार भएको थियो ।

९) विश्वको सब भन्दा गहिरा पोष्टबक्स जापानको सुसामी खाडीमा छ जुन १० मिटर पानीमुनि छ ।

१०) रूसमा २०११ सम्म बियरलाई सफ्ट ड्रिंकको रूपमा लिइन्थ्यो ।

यो पढ्न छुटाउनुभयो कि ?

रङ थरिथरी तर सेतै फिँजस् साबुनबारे यी रोचक कुरा तपाईलाई थाहा छ ?

किन हुन्छन् हरेक ब्लेड बीचमा एउटै डिजाइन रु यस्तो छ रहस्य‘

किन सबै प्लेनको रङ सेतो हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?