किन हुन्छन् हरेक ब्लेड बीचमा एउटै डिजाइन ? यस्तो छ रहस्य…

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । दारी काट्न वा कपाल काट्नको लागि बिभिन्न कम्पनीका ब्लेडहरु बजारमा आउने गरेको कुरा हामीलाई थाँहा नै छ ।

तर सोचौं त हरेक फरक फरक कम्पनीको ब्लेडहरुको बीचमा एउटै डिजाईन बनेको हुन्छ । आखिर किन बनाउछन् सबै कम्पनीले एउटै डिजाईन ?

तस्वीर: गुगल

१९०१ मा जिलेट कम्पनीक संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यस पछि ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।

शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिसमको डिजाइन बनाइएको थियो ।

बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।

त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आइएको छ । त्यसैले आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।

किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे ।

बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?