विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

काठमाडौं । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई प्रहरीले चितवन मेडिकल कलेजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?