नेपाली एटीएम सिस्टम कसले गर्यो ह्याक ?

काठमाडौं । बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । सो सिस्टम ह्याक भएसंगै अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् ।

नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो ।

एटीएमबाट पैसा चोर्ने ५ निचियाँ नागरिक पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?