एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ

appharu
0
Shares

काठमाण्डौं । प्रहरीले एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?