यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो रहेछ !

काठमाडौँ । यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुतो बोल्ने गर्छन् ।

कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ? केहि कारणहरु यस्ता छन्:-

१. पुरुषको अहम्:- महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु जुट बोल्छन् ।

२. अन्योलमा रहनु:- केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।

३. मूड नहुनु:- महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । यस्तो अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।

४. नर्भस हुनु:- पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।

५. दबाब:- कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यस्तो अवस्थामा महिलाले पुरुषको दबाब परेकाले झूटको सहारा लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?