बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु

एजेन्सी । श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो ।

तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहानी पख ५ मिनेट लामो श्वास लिने र छाड्ने गर्दा पुग्ने फाइदाहरु यस्ता छन्…

मस्तिष्क शान्त बनाउँछ : अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

शरिरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

तनाबमुक्त बनाउँछ : गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

अन्य अंगलाई पनि सहयोग : गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?