प्रधानमन्त्रीका भतिजाले लेखे यस्तो पत्र, “काका रवि लामिछानेलाई रिहा गरिदिनुहोस्”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका भतिजाले सार्वजनिक पत्र लेख्नुभएको छ । भतिजा देवेन्द्र ओलीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक पत्र लेख्नुभएको हो । उहाँले पत्रमा रवि लामिछानेलाई रिहा गरिदिन आग्रह गर्नुभएको छ ।

आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्वादको खाचो छ हजुरलाई । विरोधी वा विपक्षी दल वा कुनै भुपु शक्तीसंग आवद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन् । उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो, नत देशमा सम्बृद्धी नै आउने हो। हजुर नेपालको सबै जनसंख्या र विदेशमा रहेका उनिहरुका परिवारको अभिभावक पो हो त।

आलोचना र विरोध गरेकै भरमा असहिष्णु बन्नु पक्कै पनि राजनेतालाई सुहाउदैन। देश र जनतालाई प्रत्यक्ष राहत हुने गरी कार्ययोजनालाई अगाडी बढाई, अरु केही चाहिदैन वाईड बढी घोटला, सुनकाण्ड र निर्मला पन्तको वास्तविक अपराधीलाई कारबाही गरी देशमा शुसासन शुरु भएको संदेश मात्र दिनुहोस् हजुरको क्रेज र महत्व नाकाबन्दिको समयको भन्दा कैयो गुणा बढी हुनेछ।

अझ सक्नुहुन्छ भने चितवन त फोन गरेर रवि लामीछानेलाई रिहा गराईदिनु भयो भने हजुरको अझ कद उचो हुनेछ। यती मात्र होईन धमिलो पानिमा माछ मार्न सकिन्छ की भनेर जुरमुर्याउदै गरेका प्रतिगमनकारीहरुले नि ठाउ पाउने थिएनन।

उपचारको लागी सिंगापुर जादै हुनुहुन्छ पुर्ण रुपमा स्वास्थ्य लाभ को कामना गर्दछु। हजुर फर्कदा हजुरको स्वास्थ्य र देशको अवस्था दुबैमा पुर्ण सवल र सक्षम बनोस । शुभयात्रा!
– देबेन्द्र ओली, झापा गापा– ६, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?