रवी लामिछाने पक्राउ प्रकरण: निकीताले समर्थकलाई लेखिन् यस्तो स्टाटस

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी रवी लामिछानेसहित ३ जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको छ ।

यसैबिच रवी लामिछाने प्रक्राउ प्रकरणबारे सबैले सामाजिक सञ्जालमार्फत् आफना अभिव्यक्ति दिएका छन् । रवी लामिछानेकी पत्नी निकीताले पनि समर्थलाई धन्यवाद दिँदै स्टाटस लेख्नुभएको छ ।

“यो घडीमा मलाई साथ र सहयोग गर्ने सम्पूर्ण सुभचिन्तकहरु प्रति हदृय देखिनै धन्यवाद । मलाई भेट्नका लागि चितवन प्रहरीले दिएको समय बिहान ७ देखि ९ बजे भित्र र बेलुका ४ देखि ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालयमा आई भेट्न सक्नुहुनेछ ।”

यसैबिच एक अन्तरवार्ताको क्रममा कलाकार किरण केसी रातामकैले पत्रकार शालिकराम पुडासैनको आत्महत्या प्रकरणमा रवीको संलग्नता रहनुको कुनै जायज कारण नै नरहेको बताउनुभएको छ ।

उहाँले रवीलाई आफुले २५ बर्षदेखि चिन्दै आएको , सहकार्य गर्दै आईरहेको भन्दै पत्रकार पडासैनीको आत्महत्या प्रकरणमा रबिलाई प्रक्राउ गरिनु गलत रहेको बताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?