पुडासैनी मृत्यु प्रकरणः किशोर श्रेष्ठदेखि प्रचण्डकाे नाम सम्म जाेडियाे

पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणले अहिले सडकदेखि समाजिक सञ्जाल तातिरहेको छ । केहीदिन अघि पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएपछि विशेषगरी सामाजिक सञ्जाल यसरी तातेको छ की लाग्छ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको ‘अरिङ्गालको गोलो’ सामाजिक सञ्जालमा सक्रिय छ ।

सडक होस् या सामाजिक सञ्जाल दुवै यसरी तात्नुको मुख्य कारण पुडासैनीको मृत्यु प्रकरणमा चर्चित पत्रकार रवि लामिछानेको नाम जोडिनु हो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि बोलेको भनिएको भिडियोमा आफू न्युज २४ टेलिभिजनका पत्रकार रवि, अर्का पत्रकार युवराज कँडेल र प्रेमिका अस्मिता कार्कीका कारणले मर्न लागेको भनेका छन् । भिडियोमा भनिएको कुरा त्यतिमा मात्र सीमित छैन । दिवंगत पुडासैनीले न्युज २४ टेलिभिजनमा रविले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई विज्ञापन दिने ‘एड एजेन्सी माफर्त करोडौँ भ्रष्टचार गर्ने गरेको आरोप समेत लगाएका छन् ।

पुडासैनीले बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्ट प्रहरीले छानविनका लागि भन्दै पत्रकार रविसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रवि पक्राउभएसँगै उनका पक्ष र विपक्षमा चर्का टिकाटिप्पणी भइरहेका छन् । रविका समर्थकले सुनियोजित रुपमा उनलाई फसाउन खोजिएको भन्दै रिहाईको माग गरिरहेका मात्र छैनन् सडक समेत तताइरहेका छन् । अर्को जमातले रवि अपराध गर्न नै नसक्ने कुनै ‘भगवान्’ नभएको भन्दै कारवाहीका लागि सामाजिक सञ्जालसँगै सडक पनि तताइरहेका छन् ।

पछिल्लो समय त पुडासैनी ‘आत्महत्या’ प्रकरण राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत हुन थालेको छ । यतिसम्मकी चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल राजनीतिक दलको मान्छे भएको र उनकै इसारमा घटना भएको आरोप लगाइएको छ । उनीमाथि शंका गर्नुेहरुले प्रहरीलाई मात्र प्राप्त भिडियो कसरी सार्वजनिक भयो भन्ने प्रश्न गरिरहेका छन् । यद्यपि, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले भने आफूले उक्त भिडियो पुडासैनीको परिवारबाट पाएको दाबी गरेका छन् ।
न्युज २४ टेलिभिजन स्वयं आफैँले रविको सम्बन्ध अध्यक्ष श्रेष्ठसँग राम्रो नभएकाले सुनियोजित रुपमा घटना घटाइएको हुनसक्नेतर्फ संकेत गरेको छ । पछिल्लो समय त के पनि टिप्पणी हुन थालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि रविको सम्बन्ध राम्रो नरहेकाले उनकै इसारामा घटना भएको आरोप समेत लगाइएको छ । केही चितवनवासी स्वंयले यति ठुलो घटना हुँदापनि मेयर रेणु दाहाल सक्रिय नुहुनु, पुडासैनीले ‘आत्महत्या’ गरेको चितवनको होटेलका सञ्चालकको अभिव्यक्ति शंकास्पद हुनुले घटना सुनियोजित भएको दाबी गरेका छन् । उनिहरुको भनाई अनुसार त केहीदिन अघि प्रहरीको टाउकोमा चोट लाग्नेगरी भएको झडपमा आन्दोलनलाई कमजोर बनाउन पार्टीका कार्यकर्ताले नै ढुंगा हानेका हुन् ।

रोचक कुरा त के छ भने पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि मुछिएको विषय संसदमा मात्र पुगेको छैन राजनीतिक दलहरु पक्ष र विपक्षमा विज्ञप्ति निकालिरहेका छन् । पछिल्लो पटक नुवाकोटका कांग्रेस सभापतिले एक विज्ञप्तिमार्फत रविले छानबिनमा सहयोग गर्छु भन्दा भन्दै प्रेस स्वतन्त्राको धज्जी उडाएर उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भने रविका समर्थहरुलाई अनुसन्धान प्रभावित हुनेगरी विरोध नगर्न आग्रह गरेको छ । अहिले हेर्दा नेपाली कांग्रेस रविको समर्थनमा देखिएको छ भने सत्तारुढ नेकपा विपक्षमा ।
आखिर जे भएपनि घटनाको निष्पक्ष छानविन हुन दिनुपर्छ । छानविनलाई नै प्रभावित हुनेगरी आन्दोलन, विरोध, प्रदर्शन गर्नु उचित पक्कै होइन ।

नीको मृत्यु प्रकरणमा चर्चित पत्रकार रवि लामिछानेको नाम जोडिनु हो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि बोलेको भनिएको भिडियोमा आफू न्युज २४ टेलिभिजनका पत्रकार रवि, अर्का पत्रकार युवराज कँडेल र प्रेमिका अस्मिता कार्कीका कारणले मर्न लागेको भनेका छन् । भिडियोमा भनिएको कुरा त्यतिमा मात्र सीमित छैन । दिवंगत पुडासैनीले न्युज २४ टेलिभिजनमा रविले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई विज्ञापन दिने ‘एड एजेन्सी माफर्त करोडौँ भ्रष्टचार गर्ने गरेको आरोप समेत लगाएका छन् ।

पुडासैनीले बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्ट प्रहरीले छानविनका लागि भन्दै पत्रकार रविसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रवि पक्राउभएसँगै उनका पक्ष र विपक्षमा चर्का टिकाटिप्पणी भइरहेका छन् । रविका समर्थकले सुनियोजित रुपमा उनलाई फसाउन खोजिएको भन्दै रिहाईको माग गरिरहेका मात्र छैनन् सडक समेत तताइरहेका छन् । अर्को जमातले रवि अपराध गर्न नै नसक्ने कुनै ‘भगवान्’ नभएको भन्दै कारवाहीका लागि सामाजिक सञ्जालसँगै सडक पनि तताइरहेका छन् ।

पछिल्लो समय त पुडासैनी ‘आत्महत्या’ प्रकरण राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत हुन थालेको छ । यतिसम्मकी चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल राजनीतिक दलको मान्छे भएको र उनकै इसारमा घटना भएको आरोप लगाइएको छ । उनीमाथि शंका गर्नुेहरुले प्रहरीलाई मात्र प्राप्त भिडियो कसरी सार्वजनिक भयो भन्ने प्रश्न गरिरहेका छन् । यद्यपि, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले भने आफूले उक्त भिडियो पुडासैनीको परिवारबाट पाएको दाबी गरेका छन् ।
न्युज २४ टेलिभिजन स्वयं आफैँले रविको सम्बन्ध अध्यक्ष श्रेष्ठसँग राम्रो नभएकाले सुनियोजित रुपमा घटना घटाइएको हुनसक्नेतर्फ संकेत गरेको छ । पछिल्लो समय त के पनि टिप्पणी हुन थालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि रविको सम्बन्ध राम्रो नरहेकाले उनकै इसारामा घटना भएको आरोप समेत लगाइएको छ । केही चितवनवासी स्वंयले यति ठुलो घटना हुँदापनि मेयर रेणु दाहाल सक्रिय नुहुनु, पुडासैनीले ‘आत्महत्या’ गरेको चितवनको होटेलका सञ्चालकको अभिव्यक्ति शंकास्पद हुनुले घटना सुनियोजित भएको दाबी गरेका छन् । उनिहरुको भनाई अनुसार त केहीदिन अघि प्रहरीको टाउकोमा चोट लाग्नेगरी भएको झडपमा आन्दोलनलाई कमजोर बनाउन पार्टीका कार्यकर्ताले नै ढुंगा हानेका हुन् ।

रोचक कुरा त के छ भने पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि मुछिएको विषय संसदमा मात्र पुगेको छैन राजनीतिक दलहरु पक्ष र विपक्षमा विज्ञप्ति निकालिरहेका छन् । पछिल्लो पटक नुवाकोटका कांग्रेस सभापतिले एक विज्ञप्तिमार्फत रविले छानबिनमा सहयोग गर्छु भन्दा भन्दै प्रेस स्वतन्त्राको धज्जी उडाएर उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भने रविका समर्थहरुलाई अनुसन्धान प्रभावित हुनेगरी विरोध नगर्न आग्रह गरेको छ । अहिले हेर्दा नेपाली कांग्रेस रविको समर्थनमा देखिएको छ भने सत्तारुढ नेकपा विपक्षमा ।

आखिर जे भएपनि घटनाको निष्पक्ष छानविन हुन दिनुपर्छ । छानविनलाई नै प्रभावित हुनेगरी आन्दोलन, विरोध, प्रदर्शन गर्नु उचित पक्कै होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?