पुडासैनी प्रकरण: सत्तारुढ नेकपाले निकाल्यो आपत्तिसहितको विज्ञप्ति

हुलहुज्जत नगर्नू !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले संचारकर्मी रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।

प्रदर्शनमा पार्टीका नेताको नामै किटेर नाराबाजी गरेको भन्दै सोमबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।

पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?