रवि लामिछानेका समर्थकद्वारा चितवनमा आज पनि प्रदर्शन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रिहाईको माग गर्दै आजपनि चितवनमा प्रदर्शन भएको छ । कडा सुरक्षाका बाबजुद रविका समर्थकहरुले प्रदर्शन गरेका हुन् । चितवनको चर्को घाममा प्रदर्शनकारीहरुले छाता ओढेर नाराबाजी गरिरहेका छन् । उनिहरूले ‘रविलाई रिहाई गर’, ‘रवि दाइ जिन्दवाद’ लगायतका नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।

यसअघि, प्रशासनले चितवन भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?