रवी लामिछनेसहित तिनैजनालाई अदालत लैजाने तयारी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवी लामिछानेसहित तिनै जनालाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएपछि अशान्त बनेको चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार रवी लामिछानेको पक्षमा चितवनमा ठुलो प्रदर्शन भईरहेको छ ।

प्रहरी स्रोतका अनुसार, प्रहरीले भोली पुनः म्याद थपका लागि लामिछानेसहित तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरे पछी त्यहाँको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवी लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?