हिरासतमै रवीलाई भेट्न पुगे पत्रकार, रवीले गरे यस्तो माग

काठमाडौं । पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका रवि लामिछाने र युवराज कँडेलसँग भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले हिरासतमै पुगेर लामिछानेसँग भेटेको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि बाहिरीएको भिडियोमा आफूलाई रवी र उनका टिमका यूवराज कँडेल र अस्मिताले मार्न बाध्य बनाएको भन्दै बोलेको अन्तिम प्रमाण फेला परेपछि अनुसन्धानका लागि प्रहरीले लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्रा८उ गरी हिरासतमा राखेको थियो ।

भेट्न पुगेका पत्रकारहरुसँग लामिछानेले आफ्ना पूर्व सहकर्मी पुडासैनीको आत्महत्याले निकै मर्माहत भएको बेला आफैंलाई दोषी करार गर्न खोजिएको भन्दै दुःख व्यक्त गरे । उनले निष्पक्ष छानबिनमा सघाउने बताउँदै भने – ‘तर, नियतवस फसाउने काम कतैबाट नहोस् ।’ लामिछानेसँगै पक्राउ परेका पत्रकार कँडेलले पनि आफूहरु नि८र्दोष भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?