रवि लामिछानेले नेविसंघ नेतालाई भने- मसँग प्रहरीले बयान नै लिएन

appharu
13
Shares

चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा छन् ।

यसैक्रममा  हिरासतमा रहेका लामिछानेलाई कांग्रेस युबा नेता एवम् नेवि संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले भेट गरेका छन् ।

भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रविले पनि निष्पक्ष छानबिनमा सघाउन तयार रहेको तर हालसम्म प्रहरीले बयान समेत नलिएको बताएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?