पुडाशैनी आत्महत्या प्रकरण : हरिवंश आचार्यले लेखे यस्तो स्टाटस !

appharu
0
Shares

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल तातेको छ । यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो ।

यसैबिच चर्चित कलाकार तथा अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आत्महत्या रोज्नु आफैँमा गम्भिर बिषय हो र त्यस क्रममा कसैले कसैको नाम लिएकै करण कोही अपराधी ठहरिनु अझै गम्भिर बिषयको रुपमा हाम्रो समाजमा हिजो आज देखी रहेको छ । सत्यको जीत होश । भन्दै स्टाटस राख्नुभएको छ । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?